News
पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक ए र योङ ब्वाईज झापा भिड्ने

आठराई । तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा जारी पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक ए र योङ ब्वाइज झापा भिडने भएका छन ।
शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा योङ ब्वाइज झापाले सरस्वति मा.वि. ह्वाकूलाई ५-३ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा आयोजक ए ले खाम्लालुङलाई ३-० ले पाखा लगाउँदै झापा संगको फाइनल भेट पक्का गरेको हो ।
१४ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले १ लाख ५ हजार १०८ र उपविजेताले ६५ हजार १०८ रूपैया प्राप्त गर्ने खेलकुद समिति अध्यक्ष सन्जय इङनामले जानकारी दिए । इङनाम इवाहाङ युवा समाजको आयोजनामा माघ १ गते देखि शुरू भएको प्रतियोगिता ६ गते आइतबार सम्पन्न हुनेछ ।
Post Comments
Related News
- पूरुषतर्फ ह्वाकु र महिलातर्फ छातेढुंगा च्याप्पियन
- उपाधिका लागि पूरुषतर्फ आयोजक ‘ए’ र ह्वाकु, महिलातर्फ आयोजक र छातेढुंगा बिच प्रतिस्पर्धा हुने
- फागुपूर्णे मेलाको अवसरमा आठराईमा आयोजित फुटवल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न
- फागुपूर्णे मेलाको अवसरमा आठराईमा आयोजित फुटवल प्रतियोगितामा छातेढुंगाको विजयी सुरुवात
- तेह्रथुमको आठराई फुङसिङमा वडा स्तरीय पुरूष तथा महिला फुटबल हुने