
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत चर्च ब्वाईज युनाइटेड क्लब र सातदोबाटो युथ क्लबले मंगलबार जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चर्च ब्वाईजले त्रिभुवन आर्मी फुटबल क्लबमाथि ११–१ को फराकिलो अन्तरको जित निकाल्यो । चर्च ब्वाईजका लागि करन चौधरीले ह्याट्रिक गरे भने आशिक स्याङतन, आयुष राई र सनिल मगरले समान दुई–दुई गोल गरे । त्यस्तै निशान्त तामाङ र सुशान्त थापा मगरले थप एक–एक गोल गरे । उता पराजित आर्मीका लागि अभिषेक खत्रीले एक मात्र गोल फर्काए ।
यो जितपछि चर्च ब्वाईजको खातामा ४ खेलबाट ९ अंक छ । पराजित आर्मी भने अंकविहीन रुपमा अझै संघर्षरत छ ।
त्यस्तै अर्को खेलमा सातदोबाटोले हिमालयन शेर्पा क्लबलाई १–० ले हरायो । सातदोबाटोको जितमा आयुष खड्काले एक मात्र निर्णायक गोल गरे । यो जितपछि सातदोबाटोसँग ४ खेलबाट ६ अंक छ । पराजित शेर्पाको भने एक अंक मात्र रहेको छ ।
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न