News
झापा एफसीको मुख्य प्रशिक्षकमा प्रवेश नियुक्त
काठमाडौं । पूर्वी नेपालको चर्चित क्लब तथा लगातार दोस्रोपटक तेस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको झापा फुटबल क्लबले सफल र युवा प्रशिक्षक प्रवेश कटुवाललाई आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
क्लबले मंगलबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत प्रवेश कटुवालको नियुक्तिबारे जानकारी गराएको हो । दुई सिजन मच्छिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिग उपाधि जिताएका कटुवालसँग राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।
गत सिजन झापाको मुख्य प्रशिक्षकमा स्पेनका ओरिओल मोहिडानो थिए । त्यतिबेला झापा गत सिजन एनएसलको पाँचौं स्थानमा रहेर लिगको समापन गरेको थियो ।
स्मरणीय छ, नेपाल सुपर लिगको तेस्रो संस्करण आउँदो चैत्र २६ गतेदेखि शुरु हुने तय भईसकेको छ । त्यसका लागि खेलाडीहरुको अक्सन पनि हुँदैछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- फुटबल खेलाडी रामबाबु नगदसहित सम्मानित
- अर्जुनधारा नगरपालिकाद्वारा पूर्व अन्तर्राष्ट्रिय खेलाडी देवेन्द्र सम्मानित