News सम्झना युवा क्लब सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

सुनवल । प्रभावशाली जित निकाल्दै सम्झना युवा क्लब हर्दिया पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सेमीफाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको दोश्रो क्वाटरफाइनलमा सम्झना युवा क्लबले सनराइज युवा क्लब बडेरालाई पेनाल्टी सुटआउटमा ५(३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

निर्धारित समयको खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे तापनि कुनै पनि गोल हुन सकेन।त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा पराजित सनराइज एफसीका सदिप केसी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटरफाइनल खेल बिगबुद्ध एफसी र सुनवल एफसीबीच हुने आयोजकले जनाएको छ।

जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निकेश गुरुङले जानकारी दिए । फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।

Post Comments