News
इन्ट्रा पथरी–११ बैदे गोल्डकपको सेमिफाइनलमा

चुलाचुली । रोमाञ्चक जितका साथ इन्ट्रा पथरी–११, पथरी, मोरङ जारी प्रथम बैदे गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको तेस्रो क्वाटरफाइनलतर्फ पथरीले एम एफसी, माङ्सेबुङलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
खेलमा पथरीका अंकित लिम्बु म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस २७ गते शनिबारको चौथो क्वाटरफाइनल खेल साइनिङ स्र्पोटिङ क्लब, धनकुटा र ओइसिस क्लब, इलामबीच हुने आयोजकले जानकारी दियो ।
द बैदे स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५०५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।
Post Comments