News
प्रथम सृजनशील कप पुस २८ गतेदेखि
गेउरीया । ‘लागु औषध दुव्र्यसन विरुद्धको बोल, हाम्रो यो गोल’ भन्ने नाराका साथ यही पुस २८ देखि माघ ५ गतेसम्म प्रथम सृजनशील कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
कमल गाउँपालिका–७, गेउरीया स्थित बिष्णुकठ्ठाको खेलमैदानमा हुने प्रतियोगितामा झापा र मोरङ जिल्लाका गरी कुल १० टोलीहरुको सहभागिता रहने पनि आयोजकले जानकारी दियो ।
श्री सृजनशील युवा क्लब, कमल गाउँपालिका–७, गेउरीयाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३५०० सहित ट्रफी हात पार्नेछ भने अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुले जनही २५–२५ सय नगदसहित ट्रफी प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक