News
विभागीय भिडन्तमा एपिएफका लागि कप्तान अनिताको ह्याट्रिक

काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत उपाधिको दावेदार साविक विजेता एपिएफ फुटबल क्लबले बिहीबार एकतर्फी र फराकिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि ६–० को एकतर्फी जित निकाल्यो । खेलमा एपिएफका लागि कप्तान अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले दुई गोल गरिन् । थप एक गोल भने रेनुका नगरकोटीले गरीन् ।
यो नतिजापछि तीन खेलबाट शतप्रतिशत नतिजा निकालेको एपिएफको खातामा ९ अंक छ । उता लिगको पहिलो हार बेहोरेको पुलिससँग ४ खेलबाट ७ अंक छ ।
Post Comments
Related News
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त