News
कठिन जीत निकाल्दै बेलबारी एफसी मच्छिन्द्र कपको सेमिफाइनलमा
केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगितामा बेलबारी एफसी सेमिफाइनल प्रवेश गर्ने तेस्रो टीम बनेको छ ।
सोमबार केराबारी रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनलमा बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुट आउटमा २-१ गोलले पराजित गर्दै बेलबारी सेमिफाइनलमा पुगेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
प्रतियोगिता अन्तर्गत पुष २३ गते मंगलबार अन्तिम क्वाटरफाइनल खेल चात्या सा. दमक र चित्लाङ एफसी काठमान्डौ बिच हुनेछ ।
यही पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा