News
आयोजक केराबारी एफसी सेमिफाइनलमा
केराबारी मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगितामा आयोजक केराबारी एफसी सेमिफाइनल प्रवेश गरेको छ ।
केराबारी रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनलमा राष्ट्रिय जाग्रिती क्लब इटहरीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।
केराबारीको जितमा सुजन चौधरीले एक मात्र निर्णायक गोल गरे । खेलमा म्यान अफ दि म्याच भने केराबारीका विदेशी खेलाडी डेनियल ताए घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष २२ गते सोमबार तेस्रो क्वाटरफाइनल खेल बेलबारी एफसी, विर्तामोड युनाइटेड, झापाबिच हुनेछ ।
यही पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा