News
तेह्रथुमको मोराहाङमा खुला फुटबल प्रतियोगिता हुने

मोराहाङ । गौखुरी युवा क्लब, मेन्छ्यायेम गाउँपालिका-५, मोराहाङ, तेह्रथुमको आयोजनामा आउँदै गरेको मकर संक्रान्ती (कक्फेवा तङनाम) को अवसर पारी माघ २ गतेदेखी खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक क्लब कै स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५,५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२१,१२१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१६१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आइतवीर खापुङले जानकारी दिए ।
त्यस्तै विद्यागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यसैगरी सोही अवसरमा भलिबल तथा नृत्य प्रतियोगिताको पनि आयोजना गरिने आयोजकले जनाएको छ ।
Post Comments
Related News
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने