
पथलैया । रामवन कुनाटोल क्लबले दोस्रो पथलैया नकआउट फूटबल प्रतियोगिताको उपाधी उचालेको छ । पथलैयास्थित गैरी खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा चकरी फूटबल क्लबलाई १-० ले पराजित गर्दै रामवनले उपाधी उचालेको हो ।
रामवनलाई उपाधि दिलाउन रिकेश मगरले निर्णायक गोल गरेका थिए । उपाधीसंगै रामवनले २५ हजार र उपविजेता चकरीले १५ हजार हात पारेको छ ।
प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट चकरीका मनिष क्षेत्री घोषित भए । यसैगरी उत्कृष्ट गोलरक्षक रामवनका विशाल लामा घोषित भएका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टिमका खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडासदस्य राकेश सुब्बा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आले, प्रतियोगिता संयोजक नवराज अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।
पथलैया दिव्य ज्योती क्लबको आयोजनमा मंसिर २२ गतेदेखी सुरु भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।
मैत्रीपूर्ण महिला फूटबलमा आयोजक विजयी
त्यसैगरी पथलैया नकआउट फूटबल प्रतियोगिताको फाइनल समारोहको अवसर पारेर आयोजना गरिएको मैत्रीपूर्ण महिला फूटबलमा दिव्य ज्योती क्लब विजयी भएको छ । दिव्य ज्योतीले एनजेजेभिसी सिमरालाई २-० ले पराजित गरेको हो ।
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)