News
आर्मी, मच्छिन्द्र र संकटाको जित
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न तीन खेलहरुमा त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब र संकटा फुटबल क्लबले जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा आर्मीले सातदोबाटो युथ क्लबलाई ४–१ ले हरायो । यो जितपछि २० खेलबाट आर्मीको १८ अंक छ र लिगतालिकाको १०औं स्थानमा यथावत छ । पराजित सातदोबाटो ११ अंकका साथ पुछार मै छ ।
दोस्रो खेलमा मच्छिन्द्रले चर्च ब्वाईज युनाइटेडलाई २–१ ले हरायो । यो जितपछि २० खेलबाट ३४ अंक जोडेको मच्छिन्द्र शिर्ष पाँच मै छ । पराजित चर्च ब्वाईज भने २२ अंकका साथ नवौं स्थानमा छ ।
तेस्रो खेलमा संकटाले एफसी खुमलटारमाथि ७–० को फराकिलो जित निकाल्यो । यो जितपछि २० खेलबाट ३९ अंक जोडेको संकटा तेस्रो स्थानमा यथावत छ । पराजित खुमलटार भने ११ अंकका साथ पुछारतिरै संघर्षरत छ ।
Post Comments
Related News
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि