ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवा थलङमा सम्पन्न क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि हिमाली तोक्मेगोला पापुङले हात पारेको छ ।
शुक्रबार सम्पन्न फाइनलमा यातायात व्यवसायी संघ ताप्लेजुङलाई दुइका विरूद्ध तीन गोलले पराजित गर्दै पापुङले उपाधि जितेको हो । उपाधिसंगै पापुङले एक लाख एक हजार १११ नगदसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता यातायातले ६१ हजार र ट्रफिमा चित्त बुझायो ।
खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र सव्य र भव्य रूपमा सम्पन्न भएको क्लबका अध्यक्ष मणि कुमार थलङले बताउँनुभयो।
प्रतियोगिताका लागि मुख्य प्रायोजक मिक्वाखोला गाउँपालिका र प्रायोजकको भूमिकामा मध्य मेवा डेभलपर्स प्रालि रहेको थियो।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि