News
मोरङमा तेस्रो मच्छिन्द्र कप हुँदै
केराबारी । ऐतिहासिक मच्छिन्द्र मेलाको अवसर पारी केराबारी फुटबल क्लब, केराबारी गाउँपालिका, मोरङको आयोजनामा यही पुष १९ देखि २६ गतेसम्म तेस्रो मच्छिन्द्र कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता भव्यताका साथ आयोजनाका लागि खेलमैदान व्यवस्थापन, मर्मत सम्भार लगायत आवश्यक भौतिक, आर्थिक र प्राविधिक कामहरु पनि शुरु गरिसकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरस्कार राशी, खर्च विवरण लगायतका अन्य विस्तृत कुराहरु पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक रुपमा जानकारी गराईने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय