News
जावलाखेलको जित, पुलिसको लय कायमै
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले संकटा फुटबल क्लबलाई ५–३ ले हरायो । यो जितपछि १८ खेलबाट २६ अंक जोडेको जावलाखेल लिगतालिकाको सातौं स्थानमा उक्लेको छ । पराजित संकटा भने ३३ अंकका साथ शिर्ष तीन मै कायम छ ।
अर्को खेलमा पुलिसले एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । यो जितपछि १८ खेलबाट ३९ अंक जोडेको पुलिस शिर्ष स्थानमा कायम छ । पराजित एपिएफ भने २९ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने