काठमाडौं । डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी जारी १७औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा गेटवेले प्रारम्भलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । गेटवेका कृजल श्रेष्ठ ‘म्यान अफ द म्याच’ भए ।
हाइली क्रिएटिभ र एकलब्य पनि क्वाटरफाइनलमा पुग्न सफल भए । हाइली क्रिएटिभले विद्या विकासलाई ३–१ गोलले हरायो । हाइली क्रिएटिभका ‘म्यान अफ द म्याच’ गोकुल शर्मा, रिसुक स्थापित र जेनिथ फुयालले समान १–१ गोल गरे । विद्या विकासका केन्जोक लामाले १ गोल फर्काए ।
मूलपानी मैदानमा एकलब्यले शिक्षालयलाई २–१ गोलले पाखा लगायो । एकलब्यका उज्ज्वल खड्काले १ गोल गरे भने अर्को गोल आत्माघाती रह्यो । शिक्षालयका विवस तामाङले १ गोल गरे । शिक्षालयका न्युज थापा ‘म्यान अफ द म्याच’ भए ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने