गौरादह । संघर्षपुर्ण जित निकाल्दै कचनकवल गाउँपालिका जारी प्रथम लोकतान्त्रिक कप झापा जिल्ला पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनलतर्फ कचनकवलले भद्रपुर नगरपालिकालाई सडन डेथमा हराएर अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टीबाट लिइएको थियो ।जसमा कचनकवल विजयी बन्यो ।
खेलमा कचनकवलका अभिषेक गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुष २ गते मंगलबारको क्वाटरफाइनल खेल झापा गाउँपालिका र कमल गाउँपालिका बीच हुने आयोजकले जानकारी दियो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ नगर समिति, गौरादह, झापाको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्लाका कुल ११ पालिकाका फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल पुष ६ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा