
ताप्लेजुङको सिरिजङगामा तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा सम्पन्न चौथो सिरिजङगा गोल्डकपको उपाधि ब्रदरहुड एफसी बेलका उदयपुरले हात पारेको छ।
तेल्लोक मा.वि.को खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सडन डेथ मार्फत मरिक एफसी सुनसरीलाई पराजित गर्दै ब्रदरहुडले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिमबाट दुइ दुइ गोलको बराबरी भएपछि खेल पेनाल्टि सुटआउटमा धकेलिएको थियो ।पेनाल्टि सुटआउटमा पनि पॉच पॉचको बराबरी भएपछि नतिजा सडन डेथ मार्फत निकालिएको हो । सडन डेथमा ६-५ को नतिजा निकाल्दै ब्रदरहुड च्याम्पियन बनेको हो । फाइनल खेलको म्यान अफ दि म्याच ब्रदरहुडका आकाश राइ घोषित भए । राईले दुइ हजार एक सय सहित ट्रफि प्राप्त गरे ।
उपाधिसंगै ब्रदरहुड एफसीले २ लाख ५० हजार ५ सय ५५ सहित ट्रफि र उपविजेता मरिक एफसीले १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफि प्राप्त गर्यो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी मरिक एफसीका भुवन बस्नेत घोषित भए ।बस्नेतले सात हजार सहित ट्रफि प्राप्त गरे । वेष्ट गोल रक्षक ब्रदरहुडका सौरभ बराल,वेष्ट डिफेन्डर मरिरका सुमन राना हाइ स्कोरर मरिरका निश्चल लामा र वेष्ट कोचमा ब्रदरहुडका देविन मगर घोषित भए ।सर्वोकृष्ट सबैले चार हजार सहित ट्रफि प्राप्त गरे ।
ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिंह थेवेको ३२० औं जन्मजयन्तिको अवसरमा मंसिर २३ गते देखि आयोजना गरिएको चौथो सिरिजङगा अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको मंसिर २९ गते सव्य र भव्य रूपमा सम्पन्न भयो ।
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू