सुपौली । स्व. बस बहादुर शेरपुजा पुन तथा स्व. दिलकुमारी शेरपुजा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सिम्रिक युवा क्लब, बुटवलले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा सिम्रिकले चाँदनी युवा क्लब, दानापुरलाई ४–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । सिम्रिकको जितमा कप्तान अरुण चौधरी, सन्दिप चौधरी, निर बहादुर थापा र मिलन आले मगरले गोल गरे ।
विजेता बनेको सिम्रिकले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता चाँदनीले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ दि म्याच सिम्रिकका सन्दिप चौधरी घोषित भए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक सिम्रिकका भिम पुन बन्दा उदीयमान खेलाडी चाँदनीका निशान क्षेत्री बने ।
त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार सिम्रिकका मिलन आले मगरले हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि सिम्रिक कै सुरज चौधरी घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई मुख्य प्रायोजकको तर्फबाट हिर पुन, अर्जुन पुन, आयोजक क्लबका अध्यक्ष अबिर पुन, तिलोत्तमा वार्ड नम्बर १४ का वार्ड अध्यक्ष अस्विन पौडेल, खेल संयोजक अशोक पुन लगायतले पुरस्कृत गरेका थिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा गत मंसिर ७ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पाका गरी कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने