News
भुटानसँगको मैत्रीपूर्ण खेलका लागि युथ महिला टोलीको मुख्य प्रशिक्षकमा याम गुरुङ्ग नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानको यु–१९ महिला फुटबल टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा याम प्रसाद गुरुङ्गलाई नियुक्त गरेको छ ।
त्यस्तै सहायक प्रशिक्षकमा किरण कार्की र टिम म्यानेजरमा इन्दु दुवाललाइर्ए नियुक्त गरिएको एन्फाले जनाएको छ । साथै तीनै जनालाई एन्फाका महासचिव किरन राईले एक कार्यक्रमका बीच नियुक्तिपत्र समेत हस्तान्तरण गरेका छन् ।
स्मरण रहोस, नेपालले भुटानको यु–१९ महिला फुटबल टोलीसँग आउँदो पुष ७ गते (डिसेम्बर २२ तारीख) का दिन नेपाल मै मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । जुन खेल सम्भवत दशरथ रंगशाला मै हुनेछ ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा