News पथलैया नकआउट फूटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि
गोलनेपाल

पथलैया नकआउट फूटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ ।

पथलैयास्थित गैरी खेल मैदानमा एक कार्यक्रमका जीतपुरसिमरा उपमहानगरपालिका १ का वडाध्यक्ष हिराबहादुर गुरुङले प्रतियोगिताको उद्घाटन गर्ने भएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालयको मुख्य सहयोगमा दिब्य ज्योती युवा क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा थानीमाई, सगरमाथा, एभरग्रिन, अल्लारे, चकरी, बिबिवाईसी, एसकेवाईसी, सिमरा युनाईटेड, सिमरा ब्वाईज, लामिडाँडा, हुलास, रामवन, औराह, सुन्दरबस्ती, शुभारम्भ र आयोजकले सहभागिता जनाउनेछन् । प्रतियोगिताको उद्घाटन खेल थानीमाई र सगरमाथा फूटबल क्लबबीच हुनेछ ।

पुस ६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद प्राप्त गर्नेछ ।

Post Comments