News कमलालाई भोजपुर जिल्ला फुटबल संघको आर्थिक सहयोग
गोलनेपाल

भोजपुर । क्यान्सर जस्तो घातक रोगसँग जुधिरहेकी महिला फुटबल खेलाडी कमला श्रेष्ठलाई गृहजिल्लाबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

कमलालाई भोजपुर जिल्ला फुटबल संघले उपचारमा केही सहयोग पुगोस भनेर नगद २० हजार रकम उपलब्ध गराएको हो ।

भोजपुर जिल्ला कै प्रतिनिधित्व गरेर कोशी प्रदेशस्तरीय महिला फुटबलमा भोजपुरलाई उपविजेता बनाउनुका साथै उत्कृष्ट रक्षक समेत चुनिएकी कमला हाल पाठेघरको क्यान्सरले थलिएकी छिन् ।

उनको उपचार खर्चिलो हुने र घरको आर्थिक अवस्था पनि कमजोर रहेकाले कमलालाई मनकारीहरुबाट सहयोग गर्न अपिल समेत गरिएको छ ।

थप सहयाेग काे लागि:

KAMALA SHRESTHA

[ 0845753079092001 NIC ASIA BANK ]

Post Comments