News
जावलाखेल र थ्रीस्टारलाई तीन–तीन अंक

काठमाडौं । जावलाखेल युथ क्लब र थ्रीस्टार फुटबल क्लबले ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत आ–आफ्नो खेलहरुमा जित निकाल्दै महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको दिनको पहिलो खेलमा जावलाखेलले एफसी खुमलटारलाई ३–१ ले हराउँदै खातामा तीन अंक जोड्यो ।
यो जितपछि ११ खेलबाट जावलाखेलको खातामा १७ अंक भएको छ । पराजित खुमलटार भने ४ अंकका साथ पुछारतिरै संघर्षरत छ ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा थ्रीस्टारले मनाङ मस्र्याङ्दी क्लबमाथि १–० को झिनो अन्तरको जित निकाल्यो ।
यो जितपछि थ्रीस्टारको ११ खेलबाट १९ अंक छ र लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित मनाङको भने समान १९ अंकका साथ चौथो स्थानमा छ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न