News अभिषेक र रणदिपको डेब्यु
गोलनेपाल

काठमाडौं । युवा खेलाडीहरुले सिनियर पुरुष फुटबल टोलीमा निरन्तर अवसर पाइरहेका बेला शनिबार थप दुई युवा खेलाडीले नेपालका लागि सिनियर टिममा अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।

शनिबार दुशान्बेमा भएको फिफा फ्रेन्डली म्याचतर्फ अभिषेक वाईबा र रणदिप पौडेलले नेपालका लागि सिनियर टिममा अन्तर्राष्ट्रिय डेब्यु गरे । खेलको अन्तिमतिर अभिषेक आयुष घलानको स्थानमा मैदान प्रवेश गरेका थिए भने रणदिपले अभिषेक लिम्बुको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलमा नेपालले जित हात पारेपछि दुवै खेलाडीका लागि अफगानिस्तान विरुद्धको त्यो खेल सुखद डेब्यु पनि बन्यो । स्मरण रहोस, अभिषेक र रणदिपले यसअघि नेपालको युथ टिमबाट भने खेलिसकेका छन् ।

Post Comments