News
जावलाखेल र पुलिसलाई तीन–तीन अंक

काठमाडौं । बुधबारदेखि पूनः सुचारु भएको ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले महत्वपूर्ण जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा जावलाखेलले न्युरोडटिम (एनआरटी) माथि २–१ को रोमाञ्चक जित निकाल्दै आफ्नो खातामा महत्वपुर्ण तीन अंक जोड्यो ।
त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा उत्कृष्ट लयमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबमाथि ७–० को एकतर्फी जित निकाल्दै महत्वपुर्ण तीन अंक जोड्न सफल भयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल १२ ए डिभिजन टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको समापन आगामी पुष १६ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न