News छातेढुंगा दीपावली मेलामा ह्वाकू, लिसिबुङ, याकुम्बा गढी र खाम्लालुङको विजयी सुरूवात
रमेश समदर्शी

तेह्रथुमको आठराई स्थित छातेढुंगामा आयोजित दीपावली मेला अन्तर्गत खुल्ला पुरूष फुटबल प्रतियोगितामा बिहीबार पहिलो चरणका चार खेल सम्पन्न भएका छन।

पोखरी मा.वि.को खेल मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा ह्वाकूले भगवती आधारभुत विद्यालय फुङसिङलाइ २-० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा वडा नं ६ चुहानडॉडालाई शुन्यका विरूद्ध दुइ गोलले पराजित गर्दै लिसिबुङ एफ सी प्रतियोगिताको अर्को चरणमा पुगेको छ ।

त्यसैगरी तेस्रो र चौथो खेलबाट दुइ टीम वाक ओभर मार्फत दोस्रो चरणमा प्रवेश गरेका हुन । तेस्रो खेलमा लुङभित्ता कृर्षि सहकारी संस्था लि. निर्धारीत समयमा मैदानमा उपस्थित नभएपछी याकुम्बा गढी टोल विकाश संस्था वाक ओभर पाउँदै अर्को चरण पुगेको हो भने चौथो खेलका लागि फेदाप गाउँपालिका निर्धारित समयमा आइ नपुगे पछि वाक ओभर पाई आठराई गाउँपालिका २ खाम्लालुङ दोस्रो चरणमा प्रवेश गरेको हो ।

शुक्रबार पनि पहिलो चरणका ६ खेल हुने आयोजकले जानकारी दिएको छ । शुक्रबार हुने पहिलो खेलमा आठराई गाउँपालिका ४ यावन र तेह्रथुम बहुमुखी क्याम्पस चुहानडॉडा बिच बिहानको ७ बजे खेल हुने बताइएको छ ।

एक्काइस टीम सहभागी रहेको खुल्ला पुरूष फुटबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार सहित ३ वर्षे रनिङ ट्रफि,उपविजेताले एक लाख सहित ट्रफि प्राप्त गर्नेछ । मेलामा खुल्ला पुरुष फुटबल प्रतियोगिता,खुल्ला महिला फुटबल प्रतियोगिता, गाउँपालिका स्तरीय पुरूष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता,व्याडमिन्टन र चेस लगायत सॉस्कृतिक कार्यक्रम पनि सन्चालन हुने छन । त्यस्तै चार टीम रहेको खुल्ला महिला तर्फको विजेताले ८० हजार सहित तीन वर्षे रनिङ ट्रफि तथा उपविजेताले ५० हजार सहित ट्रफि प्राप्त गर्ने मेला व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिनुभयो ।

Post Comments