
काठमाडौ । बुधबार हुन गईरहेको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित गरिएको छ ।
एन्फाले सोमबार प्रेस विज्ञप्ती जारी अर्को सूचना जारी नगर्दासम्मका लागि बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित गरिएको एन्फाले जनाएको छ ।
यसअघि एन्फाले माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रा.लि. सँग टिकटिङ पार्ट्नरका रुपमा सम्झौता गरेको थियो । साथै दर्शकहरुले खल्ती एपमार्फत पनि टिकट खरिव गर्दै आएका थिए ।
यधपी आइतबार भएको नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बिक्री गरिएको भन्दै एन्फाले टिकट बिक्री अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ । साथै यसबारे एन्फाले सत्यतथ्य छानबिन गर्ने समेत बताएको छ ।
साथै एन्फाको सुचना विपरीत कसैले टिकट खरिद बिक्री गरे र त्यसबाट कुनै समस्या आईपरे एन्फा जिम्मेवार नहुने पनि स्पष्ट पारेको छ ।
माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रा.लि.का सिईओ थम्मन भुसालका अनुसार एन्फा बाट कुनै अधिकारिक जानकारी प्राप्त नभएको बताएका छन्।
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)