बुटवल । झरना स्पोर्टस क्लब यहाँ जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ झरनाले आयोजक सौभाग्य युवा क्लब (बी) लाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । बुटवल–७ दिपनगर स्थित सिद्धेश्वरी मैदानमा भएको खेलको सातौं मिनटमै डेविड गुरुङको गोलबाट झरनाले खेलमा अग्रता लिएको थियो ।
३६औं मिनटमा मोहन थापाले गोल गर्दै झरनाको त्यो अग्रता दोब्बर पारे । थापाले गरेको गोल नै झरनालाई क्वाटरफाइनलमा पुर्याउन निर्णायक बन्यो । उता पराजित सौभाग्यका लागि ५०औं मिनटमा अनिष शेरचनले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।
खेलको म्यान अफ द म्याच झरना कै अजय थापा घोषित भए । अब झरनाले क्वाटरफाइनलमा प्रतियोगिताको दावेदार मानिएको फर्साटिकर युवा क्लबसँग यहि आउँदो मंसिर ३० गतेका दिन खेल्नेछ ।
प्रतियोगिता अन्तरगत मंसिर २७ गते शनिबारको खेल शिवनगर युवा क्लब र भैरहवा–११ बीच हुने प्रचार प्रसार संयोजक कृष्ण कुमालले बताए । आउँदो पौष ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक सौभाग्य युवा क्लबका अध्यक्ष दिप गुरुङले बताए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने