काठमाडौं । एएफसी य–१७ एसियन कप छनौटतर्फ नेपालले समूह चरणतर्फको पहिलो खेलमा बुधबार राती चारपल्टको विजेता तथा साविक विजेता समेत रहेको एसियन पावर हाउस जापानसँग खेल्दैछ ।
छनौट प्रतियोगिता अन्तर्गत समूह एफमा रहेको नेपालले आज राती नेपाली समयअनुसार १०ः३० बजे जापानसँग खेल्ने भएको हो । सनु १९९४, २००६, २०१८ र २०२३ गरी कुल चारपल्ट यो उपाधि जितिसकेको जापान यसपटक पनि दावेदारका रुपमा रहेको छ ।
नेपालले जापान बाहेक कार्तिक ९ गते शुक्रबारका दिन आयोजक कतार र कार्तिक ११ गते आइतबारका दिन तुलनात्मक रुपमा कमजोर आँकिएको मंगोलियाको सामना गर्नेछ ।
समूहको शिर्ष टोली अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि सोझै छनौट हुनेछ भने दोस्रो स्थानमा रहने टोलीको उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीका रुपमा फाइनल चरणका लागि छनौट हुने सम्भावना रहनेछ ।
(तस्विरः कतार पुगेपछि सामुहिक तस्विर खिचाउँदै नेपाली यु–१७ फुटबल टोली ।)
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट