News
एन्फा र रेड बुलबीच सम्झौता

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) र चर्चित अन्तर्राष्ट्रिय इनर्जी ड्रीन्क्स रेड बुलबीच बिहीबार सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा एक कार्यक्रमका बीच एन्फाको तर्फबाट महासचिव किरन राई र रेड बुलका प्रतिनिधिले हस्ताक्षरसँगै आदानप्रदान गरेका थिए ।
सम्झौताअनुरुप रेड बुलले साफ महिला च्याम्पियनसिपको प्रत्येक खेलहरुमा 'रेड बुल इनर्जेटिक प्लेयर अवार्ड' बापत नगद २५ हजार पुरस्कार उपलब्ध गराउनेछ ।
स्मरण रहोस, साफ महिला च्याम्पियनसिप यही कार्तिक १ गते बिहीबारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज दुई चिरप्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दैछ्न । खेल नेपाली समयअनुसार ५:३० बजे शुरु हुनेछ ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त