
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले सिस्नेरी पहिलोमा निधन भएका एन्फा एकेडेमीका बाल खेलाडीहरुको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
एनआरएनए मलेसियाले यसअघि नै पहिरोमा परी निधन भएका ६ बाल खेलाडीहरुको परिवारलाई जनही १–१ लाख दिने घोषणा गरेको थियो । सोही घोषणा बमोजिम अखिल नेपाल फुटबल संघ (एनफा) का उपाध्यक्ष दावा लामाको पहलमा एनआरएनए मलेसियायले सो रकम हस्तान्तरण गरेको हो ।
उक्त रकम एक कार्यक्रमका बीच एनआरएनए मलेसियाका महासचिव टीकाराम अधिकारले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष बिनोदकुमार थापा र अन्य एन्फा पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, गत असोज १२ गते आएको भिषण वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित सिस्नेरीमा आएको पहिरोमा परी वत्सला माविमा अध्ययनरत तथा प्रशिक्षणरत एन्फा एकेडेमीका ६ बाल खेलाडीहरुको निधन भएको थियो ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै