रामपुर । ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पाको आयोजनामा कार्तिक ३ गतेदेखि शुरु हुन गईरहेको दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
रामपुर–७, किसानबारी, पाल्पा स्थित आयोजक क्लब कै ज्योतिपुञ्ज खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा फर्साटिकर युवा क्लब, रुपन्देही र भैरव स्पोर्टस क्लब, नवलपरासी भिड्ने छन् । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल कार्तिक १० गतेका दिन हुनेछ ।
रामपुर नगरपालिका, पाल्पा संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,७७,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिउ ।
प्रतियोगिता यसवर्ष पनि भव्यताका साथ सम्पन्न गर्ने योजना बनाएको र यसमा सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको पनि आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले बताए ।