News
त्रिवेणीलाई रोक्दै झापा एफसी सेमिफाइनलमा
शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा झापा एफसी राजगढ सेमिफाइनलमा प्रवेश गरेको छ ।
डासाब युवा क्लबले आयोजना गरेको प्रतियोगिताको आज भएको पहिलो क्वाटरफाइनल खेलमा स्थानीय त्रिवेणी युवा एफसीलाई २-० गोलले पराजित गर्दै झापा एफसी सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
झापा एफसीका लागि कप्तान राजेश तामाङको फ्रिकिक गोल सम्झनलायक रह्यो । यस्तै, दोस्रो गोल झापा एफसीकै आयुश श्रेष्ठले गरेका थिए । कप्तान राजेश प्लेयर अफ दी म्याच बन्दै नगद १५०० पाउन सफल भए ।
बिहीबार दोस्रो क्वाटरफाइनल खेल मुजुरभिट्टा केरखा र सैनिक ११ झापाबीच हुने खेल संयोजक बेनुकुमार राईले जानकारी दिए । २३ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र आकर्षक ट्रफी पाउने छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा