News
झापाः जामुनखाडीको पोस्टमा आयोजकको ५ गोल
शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा आयोजक डासाब युवा क्लबले सानदार जित दर्ता गरेको छ ।
अन्तिम प्रिक्वाटर फाइनल खेलमा पाहुना टोली जामुनखाडी युवा क्लबको पोस्टमा आयोजकले ५ गोल गर्यो । जसमा हरि मगरले ह्याट्रिक पूरा गरे । उनी प्लेयर अफ दी म्याच बने ।
खेलको पहिलो हाफमा व्यक्तिगत दोस्रो गोल गरेका हरि मगरले खेलको अन्त्यतिर गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । आयोजकका मिराज मल्ल र गणेश गजमेरको नाममा ११ गोल दर्ता भयो ।
बुधबार पहिलो क्वाटरफाइनल खेल झापा एफसी र त्रिवेणी एफसीबीच हुने खेल संयोजक बेनुकुमार राईले जानकारी दिए । २३ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र आकर्षक ट्रफी पाउने छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा