
काठमाडौ (एजेन्सी) । श्रीलंका प्रतिष्ठित एएफसी एसियन कप २०२७ को तेस्रो चरणको छ्नौट प्रतियोगितामा सामेल हुन सफल भएको छ ।
मंगलबार राती महत्त्वपूर्ण अवे म्याचमा कम्बोडियालाई उसकै घरेलु मैदानमा हराउँदै श्रीलंकाले एसियन कपको तेस्रो चरणको छ्नौट प्रतियोगिताका लागि स्थान बनाउन सफल भएको हो ।
गत मार्च ५ तारीखका दिन कोलोम्बोमा भएको पहिलो लेगको घरेलु म्याचमा श्रीलंकाले कम्बोडियासँग गोलरहित बराबरी खेलेको थियो । मंगलबार भने निर्धारित समयको खेल रोमाञ्चक २-२ को बराबरीमा सकिएपछी पेनाल्टी शुटआउटमा श्रीलंकाले घरेलु टोलीमाथी ६-४ को जित निकाल्दै महत्त्वपूर्ण सफलता हासिल गर्न सफल भएको हो ।
यो जित श्रीलंकाका अन्तरिम प्रशिक्षक अब्दुल्लाह अल-मुताईरीका लागि पनि बिशेष रह्यो । हालै श्रीलंकाको अन्तरिम प्रशिक्षक बनेका उनले आफू अझै पनि प्रशिक्षकीय जिम्मेवारीमा अब्बल रहेको प्रमाणित गरे । स्मरण रहोस, अब्दुल्लाहले श्रीलंकाको जिम्मेवारी सम्हाल्नु अघि नेपाल र अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी पनि स्म्हालेका थिए ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि