News
आयोजक चपरहट्टी र सम्झना परिवारलाई सफलता
चपरहट्टी । आयोजक चपरहट्टी फुटबल क्लब र सम्झना परिवार क्लब यहाँ जारी तेस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
तिलोत्तमा–१, चपरहट्टी स्थित आयोजक क्लब कै खेलमैदानमा भएको पहिलो खेलमा आयोजक चपरहट्टीले आहना फुटबल क्लबलाई रोमाञ्चक ४–३ ले हराउँदै जित हासिल गर्न सफल भयो ।
त्यस्तै दोस्रो खेलमा सम्झना परिवारले स्कलर्स होम एकेडेमीलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि टाईब्रेकरमा सम्झना परिवारले ३–२ को जित निकाल्यो ।
कुल ३० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक साजन रासकोटीले जानकारी दिए ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने