News
एन्फा महिला लिगः कोशीको उत्कृष्ट शुरुवात

काठमाडौं । आइतबारदेखि शुरु भएको बहुप्रतिक्षित एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा कोशी प्रदेश महिला फुटबल टिमले उत्कृष्ट शुरुवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले वालिङ नगरपालिका, स्याङ्जालाई शून्यका विरुद्ध ४ गोलले हरायो । कोशीको जितमा समिक्षा मगरले दुई गोल गर्दा सन्जुमाया तामाङ र प्रतिक्षा राईले समान एक–एक गोल गरे ।
त्यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)