News
एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफको खराब शुरुवात

काठमाडौं । पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा क्लब फुटबल खेलेको एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक समूह चरणको खेलतर्फ हारका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
समूह सी मा रहेको एपिएफले आइतबार खेलेको आफ्नो पहिलो खेलमा उज्वेकिस्तानको पिएसएफ नसाफसँग शून्यका विरुद्ध १ गोलले पराजित हुन पुग्यो । खेलको ४९औं मिनटमा लिली लवरेन्सले गरेको एक मात्र गोल नसाफको जितमा निर्णायक गोलब न्यो ।
एपिएफले समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल भदौ १२ गते (२८ अगस्त) का दिन घरेलु टोली सवाह एफसीसँग खेल्नेछ ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि