News
ताप्लेजुङ गोल्डकपको पहिलो दिन टिकट बिक्रीबाट दुई लाख बढी संकलन
फुङलिङ । लाखेजात्रा सञ्चालन समिति, ताप्लेजुङको आयोजनामा सोमबारदेखि शुरु भएको दोस्रो गोल्डकपको पहिलो टिकट बिक्रीबाट २ लाख २० हजार रकम संकलन भएको आयोजकले जनाएको छ ।
घरेलु टोली संघर्ष स्र्पोटिङ क्लब र कञ्चनजंघा फुटबल क्लब बीच भएको उद्घाटन खेलमा टिकट बिक्रीबाट उक्त रकम संकलन भएको आयोजकले जनाएको हो । आयोजकका अनुसार उद्घाटन खेलमा १०० रुपैयाँ दरको टिकट २,२०० बिक्री भएको थियो ।
प्रतियोगिता अन्तर्गत भदौ ४ गते मंगलबार पाँचथर फुटबल क्लब, पाँचथर र सलहेश युवा क्लब, सिरहा भिड्ने कार्यक्रम छ । भदौ १० गतेसम्म प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई