News
यु–१७ राष्ट्रिय टोली तयार पार्न केन्द्रिय छनौट कार्यक्रम साउन अन्तिम सातादेखि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा देशव्यापी रुपमा सञ्चालन गरिएको यु–१७ पुरुष खेलाडी छनौट कार्यक्रमको केन्द्रिय छनौट कार्यक्रम यही साउन २७ देखि ३२ गतेसम्म हुने भएको छ । सो छनौट कार्यक्रम सातदोबाटो, ललितपुर स्थित एन्फा कम्प्लेक्समा बिहान १०ः३० बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।
केन्द्रिय छनौट कार्यक्रमबारे जानकारी गराउन एन्फाले आफू मातहतका सम्बन्धित प्रदेश फुटबल संघहरुलाई पत्राचार समेत गरेको छ । स्मरण रहोस, नेपालले आउँदो सेप्टेम्बर १२ देखि २२ तारीखसम्म भुटानमा हुने साफ यु–१७ च्याम्पियनसिप र अक्टुबर १९ देखि २७ तारीखसम्म कतारमा हुने एएफसी यु–१७ एसियन कप छनौट खेल्ने कार्यक्रम छ । एन्फाले त्यसकै लागि राष्ट्रिय यु–१७ फुटबल टोली तयार पार्न लागेको हो ।
एन्फाले केन्द्रिय छनौटबारे उपलब्ध गराएको पत्रः
Post Comments
Related News
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा