News
स्व. उमेश स्मृति प्रथम युनाइटेड युथ कप हुँदै

तानसेन । युनाइटेड युथ क्लब, तानसेन–९, पाल्पाको आयोजनामा यही साउन २० गतेदेखि स्व. उमेश स्मृति प्रथम युनाइटेड युथ कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
तिन्टिआँप खेलमैदानमा हुने प्रतियोगिताको यही साउन १८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० तोकिएको छ । प्रतियोगितामा पाल्पाका क्लब र खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजक जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा