News
फ्रेण्ड्स क्लब र कैलाली जिल्ला फुटबल संघबीच सहमति

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको कैलाली जिल्ला फुटबल संघ र फ्रेन्ड्स क्लबबीच कैलाली जिल्ला र काठमाडौँमा नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
नियमित फुटबल प्रशिक्षण कार्यक्रमका सबै विषयहरू यही साउनको अन्तिम सातासम्ममा टुङ्गो लगाई सहमतिपत्रमा हस्ताक्षर गरिने एन्फा कार्यसमिति सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल र फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाहले बताए ।
नियमित प्रशिक्षणको कार्यक्रम यही २०८१ कार्तिक ३ गते शनिबार कैलाली र काठमाडौँमा एकै दिन शुभारम्भ गरिने र प्रशिक्षणमा महिला र पुरुषका सबै उमेर समूहका खेलाडीलाई समेटिने पनि दुवै पक्षले जनाएका छन्।
Post Comments
Related News
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा