नेपाली राष्ट्रिय टोलीका पूर्व स्टार खेलाडी बसन्त गौचनको पहलमा आर्थिक संकटमा रहेका बुढानिलकण्ठ नगरपालिकाका अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्य सहयोग गरिएको छ ।
जापानमा रहेका गौचनले उनकै सक्रियतामा रहेको नेपाएज संस्थाको तर्फबाट फुड बैंक मार्फत बुढानिलकण्ठमा सहयोग गरेका हुन् ।
बसन्त अध्यक्ष र प्रकाश तुलाचन उपाध्यक्ष रहेको नेपाल युथ सकर प्रोजेक्टमार्फत सहयोग उपलब्ध गराइएको हो । 
बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीका अनुसार मंगलबार फुड बैंक मार्फत अशक्त ६३ परिवार र श्रमिक ६५ सहित कुल १ सय ३५ परिवारलाई खाद्यान्य सहयोग गरिएको हो ।
बुढानीलकण्ठ नगर वडा–५ मा दैनिक मजदुरी गर्ने श्रमिक र वडा–४ शारीरिक अशक्त भएकाहरुलाई खाध्य सामग्री वितरण गरिएको हो ।
खाद्यान्यमा चामल, तेल, दाल, नुन, मस्यौरा, चाउचाउ लगायत सामग्री छन् । एक परिवारलाई एक सातासम्म पुग्ने गरि सामग्री वितरण गरिएको हो । सहयोग वितरणमा परिवर्तनको लागि जोडिएका हातहरु र बुढानीलकण्ठ युवा समाजको सहकार्य गरेको थियो ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)