News
अर्घाखाँचीमा खुला नकआउट फुटबल प्रतियोगिता हुँदै

सन्धिखर्क । हुलीगन्स फुटबल क्लब, सन्धिखर्क, अर्घाखाँचीको आयोजनामा यही साउन २३ गतेदेखि खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
सन्धिखर्क–१ स्थित टुंडिखेल मैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9857049340, 9867151410, 9852089200 मा सम्पर्क गर्न सकिनेछ ।
Post Comments
Related News
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा