काठमाडौं । फुटबल खेलसँगै अमेरिकामा रहेका नेपाली समुदायहरुबीच आत्मियता र भाईचारा कायम गर्ने तथा फुटबल खेलको विकास गर्ने उद्देश्यका साथ नेपालीभाषी नेपाली–भुटानी कम्युनिटी, अमेरिकाको आयोजनामा आउँदो अगस्त ३० देखि सेप्टेम्बर १ तारीखसम्म विभिन्न उमेर समूहको पिसजोन कप फुटबल प्रतियोगिता हुने भएको छ ।
एक्रोन शहर स्थित कोपले सकर कम्प्लेक्समा हुने प्रतियोगितामा युथदेखि महिला फुटबल र भेट्रान समूह बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो । जसमा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१६ छन् । जसमा यु–८ र यु–१० सेभेन ए साईडका रुपमा हुनेछन् भने यु–१२ र यु–१४ नाईन ए साईडका रुपमा हुनेछ । त्यस्तै यु–१६ भने फुल साईड हुने आयोजकले जानकारी दियो ।
त्यसैगरी ३५ वर्ष माथि उमेर समूहको र ४० वर्ष माथि उमेर समूहको भेट्रान फुटबल प्रतियोगिता पनि हुनेछ । त्यसवाहेक महिलातर्फ र पुरुषतर्फ कै खुला फुटबल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै सबै स्पर्धाहरुमा उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने