
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सबै सदस्यहरुको पिसीआर परिक्षण नतिजा नेगेटिभ आएको छ । भाद्रदेखि फिफा विश्वकप र एएफसी एसियन कप छनौटका लागि आवश्यक तयारी गर्ने योजनामा रहेको नेपाली टोलीका सबै सदस्यहरुको कोभिड–१९ का लागि पिसीआर परिक्षण गरिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार परिक्षणमा सहभागि सबै ५४ जना मध्ये ५३ जनाको नतिजा नेगेटिभ आएको छ । त्यस्तै एक जना सदस्यको भने फेरि परिक्षण गरिने बताइएको छ ।
विश्वकप छनौट र एसियन कप छनौट प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित भएपछि एन्फाले सबै खेलाडीहरुलाई फुकुवा गरेको थियो । उता फिफा र एएफसीले कोरोनाको बढ्दो महामारी र अवस्थालाई हेरेर छनौट प्रतियोगिताको नयाँ मिति घोषणा गर्ने बताएको छ ।
स्मरण रहोस, फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटतर्फ नेपालले घरमै अष्ट्रेलिया, चाइनिज ताइपेर्य र जोर्डनसँग खेल्न बाँकी छ । फिफा विश्वकपमा छनौट हुने सम्भावना नेपालको समाप्त भइसके तापनि सन् २०२३ मा हुने एएफसी एसियन कप खेल्ने सम्भावना कायम छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै