News
नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय म्याच खेल्ने सुब्बाको निधन

काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी इन्द्र सिंह सुब्बाको निधन भएको छ । स्मरण रहोस, नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने खेलाडीहरु मध्ये सुब्बा पनि एक हुन् ।
नेपालले सन् १९६३ मा बंगलादेश (तत्कालीन पूर्वी पाकिस्तान) मा सम्पन्न आगा खान गोल्डकपमा सहभागिता जनाउँदा सुब्बा पनि नेपाली फुटबल टोलीका महत्वपूर्ण सदस्य थिए ।
उनको निधनप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) लगायत विभिन्न खेलसंस्थाहरुले पनि समवेदना प्रकट गरेका छन् । यो दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा बिबा मिडिया ग्रुप पनि हार्दिक समवेदना प्रकट गर्दछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै