काठमाडौं । “जीवनको लागि स्वास्थ्य, स्वास्थ्यको लागि खेल” भन्ने मूल नाराका साथ केरी हातेमालो समूह, रियाद, साउदी अरेबियाको आयोजनामा आउँदो जुन १६ र १७ तारीखका दिन स्व. कृष्ण बहादुर राई स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ ।
रियाद स्थित रबिया फूटबल ग्राउण्डमा नेपाली समूदायहरु बीच हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६०० रियाल तोकिएको आयोजक समूहको राजकुमार राईले जानकारी दिए । त्यस्तै कार्ड डिपोजिट वापत १०० रियाल थप बुझाउनुपर्ने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो हुने टोलीहरुले क्रमशः ६००० रियाल, ३००० रियाल र १००० रियाल पाउने आयोजक समूह कै अर्को सदस्य मान बहादुर श्रेष्ठले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
प्रतियोगितामा साउदी अरेबिया भरि छरिएर रहेका नेपाली समुदायको फुटबल टोलीहरुले सहभागिता जनाउन सक्ने पनि आयोजकले जनाएको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने