संक्रान्ति बजार (तेह्रथुम) । ऐतिहासिक मदन मेला २०८१ आइतबारदेखि आठराई गाउँपालिकाको संक्रान्ति बजारमा सुरु भएको छ ।
मेला आयोजक समितिका सयोजक तथा आठराई गाउँपालिकाका उपाध्यक्ष बलिराज इङनामको अध्यक्षतामा सुरु मेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति तेह्रथुमका सभापति गुमानसिंह इश्वो रहेका थिए ।
त्रिमोहन माविका शिक्षक डा. नन्द दर्नालले स्वागत गरेको कार्यक्रममा ऐतिहासिक मदन मेलासँग सम्बन्धित गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । यसैगरी, विभिन्न जात जातिका सांस्कृति झाँकी स्थानीय कलाकारहरुले प्रस्तुत गरेका थिए
मदन मेलामा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन अवसरमा स्थानीय व्यवसायी र कर्मचारीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । जसमा व्यवसायीविरुद्ध २-० गोेलले कर्मचारी टिम विजयी बन्यो । कर्मचारी टिमका तर्फबाट दुवै गोल अर्जुन लिम्बूले गरेका थिए ।
औपचारिक कार्यक्रममा आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु मावोहाङ, फेदाप गाउँपालिकाका उपाध्यक्ष सुनिता पाहिम, आठराई गाउँपालिकाका जनप्रतिनिधिहरु, जिल्ला खेलकुद विकास समिति तेह्रथुमका अध्यक्ष राजेन्द्र बराललगायतको आतिथ्यता रहेको थियो ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि