News
अन्जन ३६१ डिग्रीका ब्राण्ड एम्बेसडर
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड अन्जन बिष्ट प्रतिष्ठित खेलपोशाक कम्पनी ३६१ डिग्रीको ब्राण्ड एम्बेसडर बनेका छन् । शनिबार बिष्ट र कम्पनी बीच सम्झौता समेत भएको छ ।
दुवै पक्षबीच तीन वर्षको सम्झौता भए तापनि अन्य कुराहरु भने विस्तृत रुपमा खुलाइएको छैन । यो सम्झौतापछि दुवै पक्ष खुशी र उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
सम्झौतासँगै अन्जनले खेलकुदको माध्यमबाट ३६१ डिग्रीको ब्राण्ड प्रवद्र्धन गर्नुका साथै विभिन्न क्रियाकलपाहरुमा पनि सहभागि हुनुपर्ने बताइएको छ ।
उता ३६१ डिग्रीले पनि राष्ट्रियदेखि स्थानीय खेलाडीहरुसँगको सहकार्यलाई निरन्तरता दिने र नेपालको खेलकुद विकासमा सकेको सहयोग पुर्याउने योजना रहेको बताएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै